विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलहरुमा सोमबार दुई खेल हुँदैछन्। दुबईस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ। 

त्यस्तै आजै हुने दोस्रो खेलमा श्रीलंका र नामिवियाले प्रतिस्पर्धा गर्दैछन्। शेख जायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ। 

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन्। यसबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

Skip This
Skip This
Logo