भाइरल गीत ‘मानिके मगे हिते’ बलिउड फिल्ममा

भाइरल गीत ‘मानिके मगे हिते’ बलिउड फिल्ममा

केन्द्रबिन्दु
0
Shares

पछिल्लाे समय 'मानिके मगे हिते' गीत निकै लोकप्रिय भइरहेको छ। झन्डै चार महिनाअघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले याे गीतको कभर भर्सनलाई दर्शक तथा श्रोतासमक्ष ल्याएकी थिइन्।

उनले आफ्नै गीत 'मानिके मगे हिते' लाई नै कभर गीत बनाएर रिलिज गरेकी थिइन्। जुन गीत अहिले निकै भाइरल भइरहेको छ। दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले स्वर दिएका थिए। 

योहानीले गाएको यो कभर गीतले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा बटुलिरहेको छ। अहिले टिकटकदेखि सामाजिक सञ्जालमा यो गीत निकै छाएको छ। चर्चासँगै यो गीतका नयाँ भर्सन आउने क्रम बढ्दो छ। दर्शक तथा श्रोताले गीतको शब्द नबुझे पनि गीतको मधुरताले गर्दा आकर्षित भइरहेका छन्। योहानी आफ्नो देशसँगै विश्वमै यसै गीतमार्फत आफूलाई चिनाउँदैछिन्। याे गीतलाई बलिउड फिल्म 'थ्यांक गड' मा राखिने भएको छ। 

इन्द्र कुमारको निर्देशनमा बन्ने फिल्ममा याे गीतको हिन्दी भर्सन राखिने छ। हिन्दी भर्सनमा रश्मि विरागले लेख्ने छिन् भने यसलाई तनिश्क बाग्चीले कम्पोज गर्नेछन्। गीतलाई योहानीले नै गाउनेछिन्। इन्द्र कुमार निर्देशित फिल्म 'थ्यांक गड' मा अजय देवगन, सिद्धार्थ मलहोत्रा र राकुल प्रीत सिंहको अभिनय रहनेछ।न्युज कारखाना

Skip This
Skip This
Logo