बार्सिलोनासँग फातीको ६ वर्षे सम्झौता नवीकरण

बार्सिलोनासँग फातीको ६ वर्षे सम्झौता नवीकरण

केन्द्रबिन्दु
0
Shares

युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन्। बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन्। 

बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो (८४६ मिलियन पाउन्ड) मा सम्झौता गरेका हुन्। सम्झौता २०२७ सम्म हुनेछ।

बार्सिलोनाबाट लियोनल मेस्सी पेरिस सेन्ट जर्मन झरेपछि १० नम्बर जर्सी हाल फातीले लगाइरहेका छन्। यो सँगै फाती यस हप्ता बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने दोस्रो खेलाडी बनेका छन्। फातीले बार्सिलोनाको पहिलो टिमबाट ४७ खेल खेल्दै १५ गोल गरेका छन्। 

Skip This
Skip This
Logo