पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयो: ओली

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयो: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्जत गर्ने र हुर्मत लिनेहरू बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् । 

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीबाट अलग्गिएपछि पार्टी थप सशक्त भएको दाबी गरे । 
‘पार्टीको बेइज्जत गर्नेहरू गइसके अव पार्टी शुद्धीकरण भयो । पार्टीलाई सरकारबाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ उनले भने । 

उनले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।

Logo