प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
अध्यक्ष ओलीले बेमौसममा आएको वर्षाका कारण ज्यान गएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । शनिवार पार्टीको वडा अधिवेशनहरूको भर्चुअल रूपमा उद्घाटन गर्दै उनले वर्षातकको मारमा परेकाहरूलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए ।
अध्यक्ष ओलीले पार्टी भित्र उन्नत स्तरको एकता रहेको दाबी समेत गरे । उनले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास समेत व्यक्त गरे । उनले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिए ।





























प्रतिक्रिया