नेपाल बारका पदाधिकारीले आज प्रधानन्यायाधीशसँग भेट्दै, यस्ता छन् मागहरु

नेपाल बारका पदाधिकारीले आज प्रधानन्यायाधीशसँग भेट्दै, यस्ता छन् मागहरु

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन्।

शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागू गर्न प्राविधिकरुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा प्रधानन्यायाधीशसँग राख्ने अध्यक्ष श्रेष्ठले बताए।

प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ।

प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने बताइएको छ। बारले प्रधानन्यायाधीशको राजीनामा भने मागेको छैन। सुधारमै जोड दिएको छ। महाभियोग संसदको क्षेत्राधिकारको विषय भएको बताएको छ।

Logo