सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

केन्द्रबिन्दु
0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर ल्याएको छ। बैंकले पाँच संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६ सय ९५ कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो। 

बैंकले बिक्रीमा ल्याएको सो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो। तर, यसो गर्दा उक्त सेयरमा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागेको बैंकले जनाएको छ।

बैंकको उक्त सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनु पर्नेछ।

Skip This
Skip This
Logo