प्रधानन्यायाधीशले भने, ‘हमाललाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन’

प्रधानन्यायाधीशले भने, ‘हमाललाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन’

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन्। आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो। मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ। मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन। भेटेको छैन। बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने।

प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो। हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन दिन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए। अहिले उद्योग मन्त्रालय खाली छ।

Logo