निर्वाचन आयोगले विजयी घोषणा गरेको चार वर्षपछि अर्कै बने वडाध्यक्ष

निर्वाचन आयोगले विजयी घोषणा गरेको चार वर्षपछि अर्कै बने वडाध्यक्ष

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका-५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबारदेखि जनकपुर उच्च अदालतको सभाहलमा मतगणनामा सुरु भएको थियो।

रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडाध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले प्रष्ट पारेको छ।

२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो।

निर्वाचन आयोगले गोलाप्रथाद्वारा नेपाली काङ्ग्रेसका उम्मेदवार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

६ चैत २०७७ मा उच्चअदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदर गरिदिएकामा कोरोनाका कारण मतगणनाको मिति तय हुन सकेको थिएन। उच्चअदालत जनकपुरको इजलास नं. २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक ०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo