पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३९ जना भन्दा बढी घाइते भएका छन् ।
को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका वडा ४ मा सोमबार बिहान साढे ११ बजे दुर्घटना भएको फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधानले केन्द्रविन्दुलाई जानकारी दिइन ।
उपप्रमुख प्रधानका अनुसार बसले टेम्पोलाई ओभरटेक गर्न खोज्दा डिलबाट झरेर तल्लो बाटोमा पुगेको हो । उनले भनिन ‘मैले जिल्ला अस्पताल पाँचथरसँग लिएको जानकारी अनुसार अस्पतालमा ३९ जना घाइते रहेको तथ्याङ्क छ । प्रहरीको जानकारी लिँदा ती मध्ये ३ जनाको मृत्यु भएको भन्ने खबर आएकाे छ। हामी तथ्याङ्क संकलन गरिरहेका छाैँ । केही घाइतेहरूलाई अन्य अस्पतालमा समेत लगिएको हुनाले घाइतेको संख्या बढ्न सक्छ ।’
उपप्रमुख प्रधानका अनुसार चालक सहित केहीको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेकाहरूलाई झापा तथा मोरङका अस्पतालमा रिफर गर्ने तयारी समेत भइरहेको छ ।































प्रतिक्रिया