सिद्धार्थ बैंकले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

सिद्धार्थ बैंकले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

केन्द्रबिन्दु
0
Shares

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश सेयर धनीले प्राप्त गरेका छन् । हाल चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको बैंकको १४ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ।

Skip This
Skip This
Logo