‘उच्च शिक्षामा अग्रणी शैक्षिक संस्था’ : नेपाल मेगा कलेज (भिडियो)

‘उच्च शिक्षामा अग्रणी शैक्षिक संस्था’ : नेपाल मेगा कलेज (भिडियो)

केन्द्रबिन्दु
9
Shares

काठमाडौं ।

मेगा भिजनका साथ स्थापित नेपाल मेगा कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । सहुलियत मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको यस कलेजले विभिन्न शैक्षिक कार्यक्रमहरू र विद्यार्थीहरूलाई असीम अवसरहरू प्रदान गर्दै आएको कुरा सर्वविदितै छ ।

विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्ययन अध्यापन हुँदै आएको यस कलेजमा दुई हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । शैक्षिक वृतमा मेगा सेन्टर बन्ने दौरानमा रहेको यस कलेजले ईमान्दारी, जिम्मेवारी र मर्यादाको मूलमर्मलाई आत्मसाथ गरेको छ ।

&;

निरन्तररुपमा सर्वोत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको यस कलेजका २ जना विद्यार्थीले गत वर्ष मात्रै उत्कृष्ट जिपिए हासिल गर्दै बोर्ड प्रथम भएका थिए । उच्च शिक्षाका लागि लिइने विभिन्न इन्ट्रान्स परीक्षाहरुमा समेत सधै उत्कृष्ट अंकका साथ छात्रवृत्ति पाउन सफल भएका छन् ।

मेगा कलेजले प्लस टु देखि मास्टरसम्म अध्ययन अध्यापन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ भने व्याचलरमा बिबिएस, बिएसडब्लु, बिसिए, बिबिएम तथा मास्टरमा एमबिएस र एमए (आरडी) कार्यक्रमहरु संचालनमा छन् ।

यस कलेजको अध्यक्षता प्रा. डा होमनाथ भटट्राईले गर्नुभएको छ भने एक्जुकेटिभ डाइरेक्टर गोपाल खनाल, एकेडेमिक डाइरेक्टर दिनेश खनाल हुनुहुन्छ । यस्तै व्याचलर तथा मास्टर्स प्रोग्रामको नेतृत्व मधुकर पाण्डेले गर्नुभएको छ । यस अन्तर्गत नेपाल मेगा स्कुल पनि पनि संचालनमा छ जसमा नर्सरीदेखि नै पठनपाठन हुन्छ ।

कलेजमा अनुशासन, उत्कृष्ट शिक्षण वातावरण र नयाँ प्राविधिबाट शिक्षण विधि, विद्यार्थीहरूको नियमित मूल्याङकनका साथ विद्यार्थीहरुलाई अध्यापन गराउने गर्दछ । यस कलेजमा बिबिएसका विद्यार्थीहरुको व्यावहारिक तथा सैद्धान्तिक ज्ञानको लागी वाणिज्य बैंक र विकास बैंकहरूसँगको सहकार्यमा विद्यार्थीहरूलाई इन्टर्नशिपको लागि पठाउने गर्दछ । यसले गर्दा मुलुकका असंख्य बैंक र वित्तीय संस्थामा मेगाका विद्यार्थीहरुले रोजगारीको पर्याप्त अवसरहरू प्रदान गर्दै आएका छन् ।

त्यस्तै विद्यार्थीहरूको लुकेको योग्यता तथा क्षमता पत्ता लगाउन कलेजसँग खेलकुदको विशेष प्रावधान गरेको छ । कलेजसँग प्रभावकारी र समग्र शिक्षण र सिकाई प्रक्रिया बढाउन पुस्तकालय तथा कम्प्युटर ल्याबको राम्रो व्यवस्था रहेको छ । त्यस्तै कलेजमा आवत जावतका लागि यातायातको राम्रो सुविधा पनि रहेको छ ।

कलेज गरिव, जेहेन्दार तथा विकट क्षेत्रका विद्यार्थीहरुका लागि विशेष छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस्तै कोभिडबाट सबै बाचौं र बचौं भन्ने उद्धेश्यले सबै विद्यार्थीका लागि २५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ ।

Skip This
Skip This
Logo