टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै, कसकाे भिडन्त काे सँग?

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै, कसकाे भिडन्त काे सँग?

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन्। मंगलबार  हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। दुबईमा हुने खेल नेपाली समयअनुसार  दिउँसो ३:४५ बजे सुरु हुनेछ।

समूह-१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुनेछन्। पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो। वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो।

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। शारजाहमा हुने खेल नेपाली समयअमुसार राति ७:४५ बजे सुरु हुनेछ। पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ। बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।

न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ। न्युजिल्यान्डको यो पहिलो खेल हो। सोमबार भएको एक मात्रै खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो।

Skip This
Skip This
Logo