नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन्।
आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियाेग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एसका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु। हाम्रो पाँच दलको बैठक पनि बसेको छैन।'
केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए। तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए। ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएकाे भन्दै उनीविरुद्ध चर्काे आवाज उठेको हो। सर्वाेच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल वार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ।































प्रतिक्रिया