सिरहामा बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गरेकाे आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको कल्याणपुर नगरपालिका-१० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो।
व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।
बोक्सीको आरोप लगाई आफूमाथि कुटपिट गरी अमानवीय व्यवहार गरेको पीडितकाे उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हाे। उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएकाे छ।































प्रतिक्रिया