काभेमा नेकपा (एमाले)काे पालिका अधिवेशनले १० वटा स्थानीय तहमा एमाले हाक्ने नेतृत्व पाएको छ।
एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल र मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल अध्यक्ष भएका छन्। यस्तै बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङले एमालेको नेतृत्व गर्दैछन् ।
जिल्लाका १३ वटा स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा मंगलबार भएकाे अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
त्यस्तै नमोबुद्ध नगरपालिकामा भने नेत्तृत्वको लागि आंकाक्षी धेरै भएपछि बुधबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गरिएको थियो। निवार्चनबाट कृष्ण खनाल निर्वाचित भएका थिए।
काभ्रेका १३ वटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा अधिवेशन हुन बाँकी छ। जिल्लाको खानीखोला गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकामा अधिवशेन हुन बाँकी रहेको र केही समयपछि अधिवेशन गरिने एमालेले जनाएको छ।





























प्रतिक्रिया