प्रधानन्यायाधीशलाई पाँच दिनभित्र राजीनामा दिन बारको अल्टिमेटम

प्रधानन्यायाधीशलाई पाँच दिनभित्र राजीनामा दिन बारको अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अल्टिमेटम दिएको छ ।

शुक्रवार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।  

प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि माग गरिएको छ ।

१४-१७ कात्तिकसम्म अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।

न्यायपालिकाको समग्र सुधारका लागि र सेवाग्राहीलाई समान रूपमा सहज, सरल र शुपथ न्याय प्रदान हुने सुनिश्चितता गराउने उद्देश्यले बाध्यात्मक रूपमा आन्दोलनमा उत्रेको बारले जनाएको छ । न्युज कारखाना

Logo