युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीहरुले जनाएका छन् ।

एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो । खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो।

आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजना गम्भीर घाइते छन् । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

Skip This
Skip This
Logo