नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं १ मा पनि छिटै सरकार परिवर्तन हुने र आफ्नो पार्टीले प्रदेशको नेतृत्व गर्ने बताएका छन् ।
शनिवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले प्रदेश नं १ मा भीम आचार्यको सरकार ढल्ने र राजेन्द्रकुमार राई नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।
अध्यक्ष नेपालले ओली सरकारले सङ्घीयता राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको समेत आरोप लगाए ।































प्रतिक्रिया