विप्लवका नेता, कार्यकर्ताहरूको रिहाइको लागि गृहकार्य हुँदैछ: कार्यबहाक प्रम खाण

विप्लवका नेता, कार्यकर्ताहरूको रिहाइको लागि गृहकार्य हुँदैछ: कार्यबहाक प्रम खाण

केन्द्रबिन्दु
0
Shares

कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

गृहमन्त्री समेत रहेका उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रूपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे । कार्यबहाक प्रधानमन्त्री खाणले सो पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी दिएका छन् । 

उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताएका छन् । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाणको भनाई थियो । उनँले भने, ‘मुद्दा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्दा टुंगियोस्, फिर्ता लिन सकियोस् । र बन्दीहरु पनि प्रक्रियागत रूपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । र एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरुको कानुनी अवस्था चाँही कस्तो छ ? र उहाँहरुलाई पनि हामीले भनेका छौं–कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अव स्पेसिफिक रुपमा छलफल गरौं । र बन्दीभन्दा पनि मुद्दा धेरै रहेछ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्दा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दाखेरी बन्दी भन्दा मुद्दा धेरै रहेछ । त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी । सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध छ ।’

कार्यबहाक प्रधानमन्त्री खाणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको पनि बताएका छन् ।

Skip This
Skip This
Logo