सूर्या लाइफ इन्स्योरेन्सको १३ दशमलव ३६८४ प्रतिशत लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्सको १३ दशमलव ३६८४ प्रतिशत लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्युरेन्सको १३ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६८४ प्रतिशत नगद गरी कुल १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । सेयरधनीलनई बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ। 

Skip This
Skip This
Logo