काठमाडौं उपत्यकामा ११९ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ११९ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आइतबार ११९ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ९९, भक्तपुरमा ७ र ललितपुरमा १३ संक्रमित थपिएका हुन्। 

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ जनको पीसीआर परीक्षण गर्दा ३७६ जना र २ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जना गरी ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४०७ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार ५७० र एन्टीजेनबाट ९४ हजार ५३५ पुगेको छ। 

नेपालमा हाल ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन्। 

Skip This
Skip This
Logo