इतिहासमा आजः युरोपेली देशमा एकल मुद्रा कायमदेखि रसियाका अन्तिम शासकसम्म

इतिहासमा आजः युरोपेली देशमा एकल मुद्रा कायमदेखि रसियाका अन्तिम शासकसम्म

केन्द्रबिन्दु
0
Shares

आज १ नोभेम्वर। विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्पूर्ण घटनाः

म्यासट्रिच्ट सन्धी 

सन् १९९९ मा म्यासट्रिच्ट सन्धि कार्यान्वयनमा आएको थियो। सन्धीले युरोपेली देशमा युरोलाई साझा मुद्रा अंगीकार गरेको थियो। अहिले पनि युरोपेली देशमा युरो साझा मुद्रा हो।

अमेरिकी विमानमा विस्फोट

सन् १९५५ मा अमेरिकी एयरलाइन्सको एउटा विमानमा शक्तिशाली बम विस्फोट भएको थियो। लगेजभित्र लुकाएर राखिएको सो टाइम बम विस्फोट हुँदा चालक दलका सदस्यसहित यात्रामा सवार सबै जनाको मृत्यु भएको थियो।

अमेरिकाद्वारा हाइड्रोजन बम परीक्षण

सन् १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको थियो। अपरेसन इभिको एक महत्वपूर्ण अंशअन्तर्गत मार्शल टापुमा बम परीक्षण गरिएको थियो।

पहिलो पटक विमानबाट बम खसालियो

सन् १९११ अगाडि बेलुन प्रयोग गरेर आकाशबाट बम झारिन्थ्यो। तर, १ नोभेम्बर १९११ देखि इटालीले विमानबाटै पहिलो पटक बम खसालेको थियो। इटाली र टर्कीको युद्धमा सो बम खसालिएको थियो।

रसियाका अन्तिम सम्राट

सन् १८९४ मा निकोलस द्वितीय रसियाका अन्तिम सम्राट बनेका थिए। आफ्ना बाबु अलेक्जेन्डर तृतीयको मृत्युपछि निकोलस सम्राट बनेका थिए। सन् १९१७ मा निकोलसले राजगद्दी त्याग्न बाध्य भएका थिए। त्यसको एक बर्षपछि परिवारसहित उनको हत्या भएको थियो।एजेन्सी

Logo