चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाह वर्ल्ड बुक अफ रेकर्डसबाट सम्मानित

चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाह वर्ल्ड बुक अफ रेकर्डसबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिट्यालिटी र पर्यटनक्षेत्रमा पुर्याएको अतुलनिय योगदानका लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई सम्मानित गरेको छ।

आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका थिए।

व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

Skip This
Skip This
Logo