रोहितको सिरिजमा पनि पुलिसकै कथा

रोहितको सिरिजमा पनि पुलिसकै कथा

केन्द्रबिन्दु
0
Shares

हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीसाथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन्। ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन्। पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा 'कप युनिभर्स' तयार गरिसकेका छन्।

कप युइनिभर्समा ‘सिंघम’बाट सिम्बा हुँदै सूर्यवंशी साम सामेल छन्। अब उनले पुलिसकै कथालाई सिरिजमा समेत देखाउने तयारी थालेका छन्। 

आउँदो वर्ष सन् २०२२ मा छायांकन हुने सिरिजका लागि रोहितले सिद्धार्थ मलहोत्रालाई कास्टसमेत गरेका छन्। केही समय अगाडि सिद्धार्थ अभिनित फिल्म 'शेरशाह' हिट भएपछि एक पटक पुनः त्यस्तै भूमिकामा रोहितले देखाउने तयारी गरिरहेका छन्। यसबारे रोहितले सिद्धार्थसँग भेटघाट गरेर कुराकानीसमेत अगाडि बढाइसकेका छन्। 

प्राइम अमेजन भिडियोमा प्रिमियर हुने सिरिजलाई सुशान्त प्रकाशले निर्देशन गर्नेछन्। यद्यपि, यसको कथा, एक्सन डिजाइन सम्पूर्ण रोहितकै परामर्शमा तयार हुनेछ।

यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दैछ। रोहितले सिरिजमै पनि प्रहरीको लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारीअनुरूप सुरुवात थाल्दैछन्। उनले यसलाई निरन्तरता दिने बताएका छन्।

Skip This
Skip This
Logo