प्रदेश १ः मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले

प्रदेश १ः मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन्। पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन्। 

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन्। उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ। त्यहाँ उनले केक काटेर बियर उडाएका छन्। 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनि नसक्दै स्याम्पियन फोडेर खुसीयाली मनाएका हुन्। 

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ। तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले साेमबार राजीनामा दिएका छन्। आचार्यको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन्।

विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन्।न्युज कारखाना

Skip This
Skip This
Logo