नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट

नेप्से परिसूचक दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट

केन्द्रबिन्दु
0
Shares

शेयर बजार मापक नेप्से परिसूचक तेस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बृद्धि भएको छ।  

कारोबारको सुरुवातमा केही अंकले गिरावट आएको नेप्से २३.७६ अंकले बढेर २ हजार ८४३.६२ अंकमा पुगेको छ। सोमबार नेप्से परिसूचक  १७ दशमलव ७५ अंकले घटेको थियो। साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो ।

सोमबार कारोबारमा आएका २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँ ३८ पैसाको किनबेच भएको छ। आज कारोबार रकममा भने सोमबारको तुलनामा केही कमी आएको छ।

नेप्से परिसूचकका १३ उपसमूहहरू मध्ये बैंकिङ, इन्भेस्टमेन्ट र ट्रेडिङ बाहेकका सम्पूर्ण समूहहरू बढेका छन् ।

आज सबैभन्दा बढी साहास ऊर्जा, गुडविल फाइनान्स, एनआरआइसी को शेयर बढेको छ भने विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक लगायतको शेयर घटेको छ।

Logo