जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

जाजरकोटमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नलगाड नगरपालिका-५ झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेकाे हाे। दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री  र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे। 

नलगाड-८ का विनोद परियार घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। ट्याक्टर नम्बर खुलेको छैन।

Skip This
Skip This
Logo