दुई हप्तादेखि गाउँ अन्धकारमा, विद्युत पावर हाउसमा ताला लगाउने स्थानीयको चेतावनी

दुई हप्तादेखि गाउँ अन्धकारमा, विद्युत पावर हाउसमा ताला लगाउने स्थानीयको चेतावनी

केन्द्रबिन्दु
0
Shares

लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावरहाउसमा पानीले क्षति पुर्याएपछि विद्युत व्यवस्थापन समितिले चासो नराखेको आरोप लगाउँदै  स्थानीय सेवाग्राहीले विद्युतको पावर हाउस नै ताला लगाउने चेतावनी दिएका छन्।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावर हाउसमा पानीले क्षति पुर्याएपछि दुई हप्तादेखि स्थानीयवासी उज्यालोबाट वञ्चित भएका छन्।

असोज ३१ गतेबाट तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण मुहानको लहरदेखि पावर हाउसको भित्रैसम्म पानी पसेपछि दुई हप्तादेखि विद्युत बन्द भएको लुमखोला घट्टेखोला जल विद्युत आयोजनाका अपरेटर बालकृष्ण शाहीले जानकारी जानकारी दिए।

खार्पुनाथ गाउँपालिकामा रहेको लुमखोला घट्टेखोला जलविद्युत जम्मा २० किलाेवाट क्षमताकाे रहेको विद्युतको मेसिनहरूमा पानी छिरेपछि हाल दुई हप्तादेखि वडा नम्बर ५ का स्थानीय उज्यालोबाट वञ्चित भएका हुन्।

पानीले मेसिन खराब गरेको जानकारी विद्युत व्यवस्थापन समितिका पदाधिकारीलाई गराउँदा समेत त्यतातिर कसैको ध्यान जान नसकेको अपरेटर शाहीले आरोप लगाए।

हाल उक्त विद्युत बन्द भएपछि खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का करिब ८० घरधुरीका सेवाग्राही प्रभावित भएका छन्। विद्युत २०७१ सालबाट सञ्चालनमा आएको हो।

अविरल वर्षाले बन्द भएको विद्युतको पुनः सुचारुका लागि व्यवस्थापन समितिले वास्ता नगरेमा पावरहाउसमा समेत ताला लगाइने भएको अपरेटर शाहीले चेतावनी दिएका छन्।

२० वर्षअघि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी

सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किँदा स्थानीय खुसी भएका छन्।

खानेपानी सुकेको लामो समय भएको भए पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताए।

विगतका केही वर्षदेखि अदानचुली गाउँपालिकामा खानेपानीको हाहाकार हुने गरेको र अहिले मुहान सुकेको २० वर्षपछि छरिटापाटा धलपुरको मुहानमा पानी निस्केको र पानीले ठूलो राहत गरेको वडा नम्बर ३ का अध्यक्ष दत्त विष्टले बताए।

अदानचुली गाउँपालिकाको केन्द्रमा रहेको रोकाया गाउँभन्दा १० मिनेटको दूरीमा रहेको मुहानमा पानी निस्किएपछि स्थानीयले अस्थायी पाइप जडान गरेर धारा निर्माण गरेको प्रमद बोगटीले बताए।

मुहानको पानीबाट तीन सय घरधुरी लाभान्वित भएका छन्। पानी आउन थालेपछि अब स्थानीयलाई खानेपानी, कपडा धुन र पशुवस्तुलाई पिलाउन सहज भएको हो।

मुहानबाट आएको पानी स्थानीयले निर्माण गरेको अस्थायी पाइपको धारामा खसेपछि अदानचुली रोकाया गाउँवासीले खुसीयाली मनाएका छन्। 

Skip This
Skip This
Logo