विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली महिला टोली बङ्गलादेशतर्फ

विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली महिला टोली बङ्गलादेशतर्फ

केन्द्रबिन्दु
0
Shares

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्नेछ। 

बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छिन्। टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहेकी छिन्। 

यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ। नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहनुभएको छ। आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मङ्सिर ३ देखि १३ गतेसम्म युनाईटेड अरब इमिरेटस् (युएई) मा हुनेछ। उक्त प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्नेछन्। 

नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर सात गते भुटानसँग, तेस्रो खेल मङ्सिर नौ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२ गते युएईविरुद्ध खेल्ने तय भएको छ। प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ। 

Skip This
Skip This
Logo