कोरोना अपडेटः ६४९ जना संक्रमण मुक्त, १८३ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ६४९ जना संक्रमण मुक्त, १८३ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३१ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९४ हजार ४३४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार २८९ र एन्टीजेनबाट ९४ हजार ८०४ पुगेको छ। 

नेपालमा हाल ८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।
 

कोरोनाविरूद्धकाे पहिलो खाने औषधिलाई बेलायतले स्वीकृति दियो

बेलायतले कोरोनाविरुद्धको खाने क्याप्सुललाई अनुमति दिएको छ। अमेरिकी औषधि कम्पनि मार्क र रिजबैंक बायोथेराप्यक्टिक्सले संयुक्तरुपमा बनाएको खाने औषधिलाई बेलायतले प्रयोगको अनुमति दिएको हो।

बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्राधिकरण एमएचआरएले मोल्नुपिराभिर नाम गरेको यस खाने क्याप्सुललाई प्रयोगको अनुमति दिएको छ। यस क्याप्सुललाई कोरोना संक्रमण भएको पाँच दिनभित्र खान सकिने बताइएको छ।

यस क्याप्सुललाई कोरोनाविरुद्ध विश्वमै खाने पहिलो औषधि भएको बताइएको छ, जसले प्रयोगको अनुमति पाएको छ। बेलायतपछि यस औषधिलाई पनि अनुमति दिने तयारी गरिएको मिडिया रिपोर्टमा जनाइएको छ।

यस मोल्नुपिराभिरको क्लिनिकल ट्रयालको नतिजा अनुसार कोरोना संक्रमितको मृत्युको सम्भावनालाई आधा कम गर्ने बताइएको छ। बेलायतमा यस औषधिलाई लागेवरियो नाम दिइएको छ भने अहिले कोरोना संक्रमण बढिरहेका बेला यसको प्रयोग प्रभावकारी हुने बेलायतका अधिकारीहरुले बताएका छन् ।

करिव २ वर्ष पहिले देखा परेकाे काेराेनाबाट हालसम्म विश्वका २५ कराेड मानिस संक्रमित भइसकेका छन् भने ५० लाख भन्दा धेरैकाे मृत्यु भइसकेकाे र याे संख्या दैनिकरूपमा बढीरहेकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ।

Skip This
Skip This
Logo