पन्ध्र वर्षपछि बल्ल निर्माण सम्पन्न

पन्ध्र वर्षपछि बल्ल निर्माण सम्पन्न

केन्द्रबिन्दु
0
Shares

बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ । विसं २०६३ मा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लाग्यो । यसका लागि रु ५९ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी दिए ।

गाउँपलिकाले रु २० लाख र प्रदेश सरकारले रु ३० लाख, साविकको जिल्ला विकास समितिले रु छ लाख ५० हजारका साथै  विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएकोे हो । 

चौहत्तर फिट लम्बाइ र ५६ फिट चौडाइको धर्मशालामा बैठक कक्ष र सातवटा कोठा छन् । शर्मशाला विवाह, पाटी, व्रतबन्धलगायत सामाजिककार्यमा यसलाई प्रयोगमा ल्याइने जनाइएको छ ।

Logo