जनकपुरधामबाट नेपाल–भारत मैत्री बससेवा पुनः सुचारू

जनकपुरधामबाट नेपाल–भारत मैत्री बससेवा पुनः सुचारू

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ। 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ। दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बताए। 

केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका अवसरमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उक्त बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए। 

अध्यक्ष चौधरीले जनकपुरधामदेखि पटनासम्मको भाडादर अहिलेसम्म तय नभए पनि तत्काल प्रति यात्रु साढे चार सय भारतीय रुपैयाँ लाग्ने बताए। बसमा ३६ वटा सिट छन्।

Skip This
Skip This
Logo