काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने काम भइरहेको छ।
दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानैदेखि सो मन्दिर खुला गरिएको हो। अहिले भाइटीका लगाउने काम भइरहेको छ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। २०३५ सालपछि नियमितरुपमा रानीपोखरीभित्रको सो मन्दिर खुल्न थालेको हो।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्षमात्रै पुनर्निर्माण गरिएको थियो।





























प्रतिक्रिया