काठमाडौं उपत्यकामा ११९ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ८०, भक्तपुरमा ३ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा ५६३ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४४८ पुगेको छ।
कूल निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ५५८ र एन्टीजेनबाट ९४ हजार ८१२ पुगेको छ।
नेपालमा हाल ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेका छन्।































प्रतिक्रिया