कात्तिक २८ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

कात्तिक २८ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन्। 

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ। 

बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ। 

Logo