इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको यो सिजनको पहिलो हार हो।
वेस्ट ह्यामको जीतमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे। लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे।
जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जीत, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित लिभरपुल ६ जीत, ४ बराबरी र १ हारसहित २२ अंक बनाएर चौंथो स्थानमा छ।































प्रतिक्रिया