काठमाडौं उपत्यकामा १५२ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १५२ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १५२ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ११७, भक्तपुरमा १५ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्।  

यस्तै पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा १९ जना गरी ३९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४५३ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९५ हजार ८२२ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ९२९ र एन्टीजेनबाट ९४ हजार ८३६ पुगेको छ। 

नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन्।

Skip This
Skip This
Logo