साग भनेर धतुरो खाँदा एक जनाको मृत्यु, दुई जना बिरामी

साग भनेर धतुरो खाँदा एक जनाको मृत्यु, दुई जना बिरामी

केन्द्रबिन्दु
0
Shares

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ। दुई जना बिरामी भएका छन्।

साग भनेर धतुरोको तरकारी खाँदा ८३  पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए। तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीकाे बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएकाे छ। दुबै जना उपचारपछि घर फर्किएका छन्।

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राति बेहोस भएको डीएसपी  कार्कीले बताए। उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए।

Skip This
Skip This
Logo