छाेरा जन्माउन नसकेकाे भन्दै परिवारकाे सहयाेगमा श्रीमतीकाे हत्या

छाेरा जन्माउन नसकेकाे भन्दै परिवारकाे सहयाेगमा श्रीमतीकाे हत्या

केन्द्रबिन्दु
0
Shares

धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छाेरा जन्माउन नसकेकाे भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएकाे र दाइजोकाे विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनका बुबा मोहम्मत आलमले बताए।

८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उनले आरोप लगाए। मृतकको घाँटीसहित शरीरभरि निलडाम देखिएको उनले बताए। किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासाे नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन्। 

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए। घटनाका थप आरोपीकाे खाेजी कार्य भइरहेकाे बताउँदै निरीक्षक सिग्देलले भने,‘ चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ। अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौं।’न्युज कारखाना 

Skip This
Skip This
Logo