सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना, १९ जना घाइते

सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना, १९ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको साँगाचोक अन्तर्गत पोखरेमा आज दिउँसाे माइक्रोबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।  

घाइतेलाई काभ्रेको  धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर  रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चौताराबाट काठमाडाैं जाँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेका छन्। दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताइएको छ।

Skip This
Skip This
Logo