‘खोपले आत्मबल बलियो बन्यो, खोप लिएपछि जता जान पनि मिल्ने रहेछ’

‘खोपले आत्मबल बलियो बन्यो, खोप लिएपछि जता जान पनि मिल्ने रहेछ’

केन्द्रबिन्दु
0
Shares

बर्दिबास-३, पाटुका कृष्ण खत्रीलाई कोरोना खोप लगाए पनि रोगबाट बच्न सकिन्छ भन्ने कुनै विश्वास थिएन। जब गाउँका मान्छे धमाधम खाेप लगाउन थाले तब उनलाई उत्साहित बनायाे। 

कोरोनाबाट बच्न खोप लगाउने भन्दा पनि मैले चै सबैतिर खोप लिएपछि जता जान पनि मिल्ने थाहा पाएपछि खोप लगाएको हुँ,´ उनले भने।

 खत्रीलाई कोरोना खोप लिएर राम्रो गरेको भन्ने लाग्छ । कोरोना खोप लगाएकामा संक्रमण भइहालेमा पनि मृत्युदर कम रहेकाले आत्मबल बढिरहेको  खत्री सुनाउँछन्।

`सबैभन्दा ठूलो त आत्मबल रहेछ´, उनले भने, `अहिले मलाई कोरोना लागिहालेमा पनि निको भैइहाल्छ भन्ने लाग्छ। त्यसै कारण परिवारले नै कोरोना खोप लगायौँ ।´उनका छिमेकी द्रोण खड्काले पनि खाेप लगाएका छन्। 

`भारत जान पनि खाेप लगाएको प्रमाण देखाउनु पर्ने, अस्पतालमा उपचार गर्न जान खोप लगाएको प्रमाण देखाउनु पर्ने जस्ता नियमले मैले कोरोनाविरुद्धको खोप लिए,´ उनले भने।                   

खोप लगाएपछि खडकालाई ज्वरो, रुघाखोकी जस्ता केही लक्षण पनि देखिए तर, ज्वरो पाँच दिनपछि आफैँ ठिक भयो।  

खत्री र खडका जस्तै महोत्तरीमा अझै कोरोना खोप के हो र यसले कसरी प्रतिरक्षा गर्छ भन्ने धेरैलाई थाहा छैन। भारत लगायत अन्य देशमा काम गर्न जानेका लागि कोरोना खोप अनिवार्य गरेपछि बाध्यतामा नै धेरैले चासाे लिने गरेका छन्।

युवापुस्ता, शिक्षित वर्ग बाहेकले खोपको विषयमा खासै चासो नदेखाएको बर्दिबास अस्पतालका मेसु सुनिल दाह सुनाउँछन्।

महोत्तरीमा ८ चरणमा खाेप लगाइएकाे छ। जसबाट २ लाख ४८ हजार २ सय ९ जना अर्थात कुल जनसंख्याको झण्डै ५२ प्रतिशतले मात्र खोप लिएका छन्।

Logo