बुटवल ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको विहिबार साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिलाको असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो । विहिबार बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका अन्य दुई सङक्रमितको पनि मृत्यु भएको थियो ।





























प्रतिक्रिया