आईसीसी टी-ट्वाण्टी विश्वकपः फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै

आईसीसी टी-ट्वाण्टी विश्वकपः फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-ट्वाण्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार)  इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। आबुधाबीमा हुने खेल  नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।

ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ। केन विलियम्यसनको कप्तानीमा रहेको न्यूजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ।

इंग्ल्यान्ड  सुपर -१२ को समूह-१ बाट पाँच खेलमा चार जीत र एक हारसहित आठ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हाे।

समूह- २ बाट न्यूजिल्यान्ड पाँच खेलमा चार जीत र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल स्थान बनाएको हाे। 

इंग्ल्यान्डका ओपनर जेसन रोय चोटका कारण विश्वकप बाहिर छन्। अर्को सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछन्।

Logo