कांग्रेस महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन: नेता सिटौला

कांग्रेस महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन: नेता सिटौला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।

नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । 

बुधवार काठमाडौँको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनी कामना समेत गरेका छन् । नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरू सम्पन्न गरेर मंसीरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ । तर एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर । तर प्रतिस्पर्धा गर्नुछ । स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रूपमा नेपाली काँग्रेसलाई उर्तानुछ । यसका लागि तपाईँ सम्पूर्ण साथीहरूलाई सफलता मिलोस् । प्रतिस्पर्धामा सफलता मिलोस् । प्रतिस्पर्धापछि पार्टी भित्र गर्ने सम्पूर्ण एकतामा पनि सफलता मिलोस् भनेर म शुभकामना दिन चाहन्छु ।’

पूर्वउपप्रधानमन्त्री समेत हरेका भएका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरूलाई आग्रह समेत गरेका छन् । उनले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

Skip This
Skip This
Logo