एमसीसी फिर्ता लिन आग्रह गर्दै बामदेव गौतमले जारी गरे प्रेस विज्ञप्ति

एमसीसी फिर्ता लिन आग्रह गर्दै बामदेव गौतमले जारी गरे प्रेस विज्ञप्ति

केन्द्रबिन्दु
0
Shares

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । 

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् । 

बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद् र सरकार विशिष्ट अवस्थाको रहेको भन्दै यो सरकार र संसदबाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् । 

एमालेका उपाध्यक्ष गौतम पार्टी विभाजनपछि राजीनामा दिएर बसेका छन् ।

Logo