ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु

ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

बिहीबार बिहान ग्वार्काे चोकमा ना६ख १९३३ नम्बरको ट्रकले बा३१प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो। तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

Skip This
Skip This
Logo