कोरोना अपडेट: २७९ जना कोरोना संक्रमण मुक्त हुँदा ३१७ जनामा संक्रमण पुष्टि

कोरोना अपडेट: २७९ जना कोरोना संक्रमण मुक्त हुँदा ३१७ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ जनको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४६६ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ६० र एन्टीजेनबाट ९४ हजार ९९५ पुगेको छ। 

नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । 

Skip This
Skip This
Logo