राप्रपाको महाधिवेशन प्रतिनिधि चयन कार्यतालिका परिमार्जन

राप्रपाको महाधिवेशन प्रतिनिधि चयन कार्यतालिका परिमार्जन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ । बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३–५ मंसिरमा गर्ने गरी कार्यतालिका परिमार्जन गरेको हो ।

त्यसै गरी बैठकले राप्रपाले सक्रिय सदस्य बापतको रकम जम्मा गर्ने समयावधि २८ कात्तिकसम्म थप गरेको छ । तोकिएको अवधिमा शुल्क नबुझाउने व्यक्तिको सदस्यता स्वतः खारेज हुने निर्णयसमेत भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

सचिवालयले २९ कात्तिकभित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउन निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन समितिले ३० गते जिल्लामा सक्रिय सदस्यहरूको नामावली पठाउने र १–२ मंसिरमा सक्रिय सदस्यहरूको नामावलीमा दाबी विरोध गर्ने समय दिइएको छ । यसपछि ३५ मंसिरसम्म प्रतिनिधि चयन हुनेछ ।

Skip This
Skip This
Logo