लुम्बिनी फाउन्डेशन र बौद्ध विश्वविद्यालयबीच सहकार्यको सम्झौता

लुम्बिनी फाउन्डेशन र बौद्ध विश्वविद्यालयबीच सहकार्यको सम्झौता

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनले आपसी सहकार्य गर्ने सम्झौता गरेका छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले बिहीबार साँझ सम्झाैतापत्रमा हस्ताक्षर गरे। फाउन्डेशनकै पहलमा केही दिनअघि मात्रै गौतमबुद्ध विमानस्थलमा साढे दुई अर्बकाे बुद्ध मूर्ति राखिएको थियो।

दक्ष जनशक्ति उत्पादन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरुसहित सहमति गरेका हुन्। सम्झौतापछि विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंले बताए।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिशा निर्दिष्ट गर्ने बताए। कोर बुद्धिष्ट दर्शनलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उनले बताए।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसँग सहकार्य गर्न पाउदा खुसी लागेको भन्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखेर काम थालेको बताउँदै शिक्षाका क्षेत्रमा पनि काम हुने उनले बताए। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले फाउन्डेसनले बुद्ध स्थलको प्रवर्द्धनमा महत्वपूर्ण काम गरेको भन्दै विश्वविद्यालयसँगको सहकार्यले थप टेवा पुग्ने बताए। विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रुपमा विकास गर्न सकिने उनले बताए।

Skip This
Skip This
Logo